Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेलले गरे क्यानडा र पोर्चुगलका लागि आवासीय राजदूत नियुक्त

    राष्ट्रपति पौडेलले गरे क्यानडा र पोर्चुगलका लागि आवासीय राजदूत नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 690
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि आवासीय राजदूत नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा भरतराज पौडेललाई क्यानडा र शनिल नेपाललाई गणतन्त्र पोर्चुगल लागि राजदूत नियुक्त गरेका हुन् ।



    नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।



    सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका थिए । सम्बन्धित देशले अग्रिमो पठाएपछि राष्ट्रपतिले राजदूत नियुक्त गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार