Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ब्याजमा लिएको पैसा समयमै फिर्ता नगरेको भन्दै पोलमा बाँधेर कुटपिट

    ब्याजमा लिएको पैसा समयमै फिर्ता नगरेको भन्दै पोलमा बाँधेर कुटपिट

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 1.1K
    SHARES

    महोत्तरी । महोत्तरीमा ब्याजमा लिएको पैसा समयमै फिर्ता नगरेको भन्दै कुटपिट गर्ने एकजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा धनुषाको पिपरा गाउँपालिका ६ का रामकुमार शर्मा रहेका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।



    मंगलबार दिउँसो शर्माले धनुषाको धनुषाधाम नगरपालिका–५ उमा प्रेमपुर बस्ने ४२ वर्षीय नरेश मण्डललाई पुरानो लेनदेनको कारण आफ्नै घरको सिमेन्टको पोलमा बाँधि अमानवीय व्यवहार गरेका थिए ।



    शर्मालाई बुधबार पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार