Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपामा फर्किए मधेश प्रदेशका स्वतन्त्र सांसद यादव

काठमाडौं । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद अनिरुद्वप्रसाद सिंह यादव जनता समाजवादी पार्टी (जसपा) मा फर्किएका छन् ।

शनिबार सप्तरीको बोदेवर्साइन नगरपालिकामा आयोजित कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

उनीसँगै विभिन्न पार्टी परित्याग गरी केही नेता–कार्यकर्ता जसपामा प्रवेश गरेको बताइएको छ । पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।

योसँगै मधेस प्रदेशसभामा जसपाका प्रदेशसभा सदस्य संख्या १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077