Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचारले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउँछ, बेरुजु बढ्दै जानु दुःखद : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने टिप्पणी गरेका छन् ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो टिप्पणी गरेका हुन् ।

उनले भ्रष्ट प्रवृत्तिले मुलुकको विकास मात्रै नरोकिएर नैतिक धरातल नै गिरेर जाने बताए ।

उनले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको बताए ।

उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए ।

अख्तियारले साना प्रकृतिका कसुरदारलाई मात्रै प्राथमिकतामा राखेको र ठुलो भ्रष्टाचारमा मुछिएकाहरू भने उम्किरहेको भन्ने नागरिकको गुनासो सम्बोधन हुने गरी काम गर्न राष्ट्रपति पौडेलले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077