Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भ्रष्टाचारले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउँछ, बेरुजु बढ्दै जानु दुःखद : राष्ट्रपति पौडेल

    भ्रष्टाचारले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउँछ, बेरुजु बढ्दै जानु दुःखद : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 420
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने टिप्पणी गरेका छन् ।

    आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो टिप्पणी गरेका हुन् ।



    उनले भ्रष्ट प्रवृत्तिले मुलुकको विकास मात्रै नरोकिएर नैतिक धरातल नै गिरेर जाने बताए ।



    उनले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको बताए ।

    उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए ।

    अख्तियारले साना प्रकृतिका कसुरदारलाई मात्रै प्राथमिकतामा राखेको र ठुलो भ्रष्टाचारमा मुछिएकाहरू भने उम्किरहेको भन्ने नागरिकको गुनासो सम्बोधन हुने गरी काम गर्न राष्ट्रपति पौडेलले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार