Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीयले गरे ट्रकमा आगजनी

    ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीयले गरे ट्रकमा आगजनी

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 708
    SHARES

    विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा आइतबार बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।



    दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनालगत्तै स्थानीयले ट्रकमा आगजनी गरेका हुन् ।

    आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ । आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार