Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सप्तरीमा अज्ञात समूहद्वारा गुडिरहेको ट्रकमा आगजनी

    सप्तरीमा अज्ञात समूहद्वारा गुडिरहेको ट्रकमा आगजनी

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 969
    SHARES

    सप्तरी । सप्तरीमा अज्ञात समूहले एक ट्रकमा आगजनी गरेका छन् ।

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ मा ना ५ ख १९११ नम्वरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।



    मंगलवार राति करिब ११ बजे अपरिचित व्यक्तिहरुले रोकेर उक्त ट्रकमा आगजनी गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रामकुमार यादवले जानकारी दिए।



    उनका अनुसार आगजनीबाट ट्रकमा पूर्ण क्षति पुगेको छ । आगजनी कसले र किन गरेको कुरा खुल्न सकेका छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघि पुस १६ गते पनि सोही गाउँपालिकाको वडा नम्बर ५ महुली पुलमा एउटा ट्रकमा आगजनी भएको थियो । सो घटनाका दोषी पनि अहिलेसम्म पक्राउ परेका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार