Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक सराफको निधन

    अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक सराफको निधन

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अज्ञात समूहको गोली लागेर घाइते भएका बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ।

    सोमबार दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।



    कलैया निवासी रुपेश सराफको छाती र घाँटीमा २ राउण्ड गोली प्रहार भएको थियो । कलैयाको बाल एकता बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा सराफमाथि गोली प्रहार भएको प्रहरीको भनाइ छ।



    गोली प्रहार भएपछि उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको र त्यहाबाट बयोधा अस्पताल लगिएको थियो। ३५ वर्षीय सराफ कलैया ६ का बासिन्दा हुन्।

    सराफले कलैयामा बाल एकता बोर्डिङ सञ्चाल गरेका छन्। प्रहरीले गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार