Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बोर्डिङका सञ्चालकमाथि २ राउण्ड गोली प्रहार

    बोर्डिङका सञ्चालकमाथि २ राउण्ड गोली प्रहार

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    बारा । बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा बाल एकता बोर्डिङका सञ्चालक रुपेश सराफमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

    उनको बोर्डिङ नजिकै मदर्सा टोलमा सराफमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ । बारा प्रहरीका अनुसार सराफको टाउको र छातीमा गोली लागेको छ ।



    गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार सराफको अवस्था चिन्ताजनक छ ।



    अन्दाजी ३५ वर्षीय सराफ कलैया ६ का बासिन्दा हुन् । घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार