Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाँसबारी जग्गा प्रकरण

    अरुण चौधरीलाई छाड्न आदेश दिने न्यायाधीश आचार्यलाई पठाइयो मुगु

    अरुण चौधरीलाई छाड्न आदेश दिने न्यायाधीश आचार्यलाई पठाइयो मुगु

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 6K
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ ।

    बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गरेका न्यायाधीश आचार्यलाई कारबाही स्वरूप मुगु काज सरुवा गरिएको हो ।



    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा पठाएका हुन् ।



    गत सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो ।

    त्यसपछि अरुण चौधरी, अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई दुई दिनमा हाजिरी जमानीमा सिआइबीले छोडेको थियो ।

    न्यायाधीश आचार्यको एकल इजलासले उनीहरूलाई दुई दिनमा रिहा गर्न २२ माघमा आदेश गरेको थियो । अनुसन्धान नसकिँदै रिहा गर्न आदेश दिएपछि न्यायालयमाथि चौतर्फी विरोध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार