Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्यासिनो वाल्डोका सञ्चालकसँग सुन तस्करी जाँचबुझ आयोगले लियो बयान

काठमाडौं । सुनसम्बन्धी जाँचबुझ आयोगले ठमेलस्थित क्यासिनो वाल्डोका सञ्चालकसँग बयान लिएको छ ।

६१ किलो सुन तस्करी प्रकरणका चिनियाँ अभियुक्तको सम्बन्ध क्यासिनो वाल्डोसँग जोडिएपछि आयोगले सञ्चालक फ्लोरेन्स लगायतसँग बयान लिएको हो ।

मुख्य आरोपी याओ पुचिङ नियमित रुपमा यो क्यासिनो जाने र हुण्डी कारोबार गर्ने गरेको भेटिएको थियो ।

यसअघि आयोगले माओवादी नेता कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन लगायतसँग बयान लिइसकेको छ ।

भेपमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिएको ९ किलो सुन तस्करी र गत साउन २ गते ब्रेक शुमा राखेर भित्रिएको ६१ किलो सुन तस्करीको आयोगले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077