Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

एमाले उपाध्यक्ष थापाले दिए जनयुद्ध दिवसको शुभकामना

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले २९औँ जनयुद्ध दिवसको शुभकामना दिएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालबाट उपाध्यक्ष बादलले जनयुद्ध दिवसको शुभकामना दिएका हुन् ।

उनले जनयुद्ध र जनआन्दोलनमा मृत्यु भएका शहीदहरूको स्मरण गर्दै सहिद, बेपत्ता र घाइते परिवारको योगदानको कदर गरेको बताए ।

उनले भनेका छन्–‘जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान् शहीदहरूको स्मरण गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु ।’

जनयुद्धका बेला माओवादीको सैन्य इन्चार्ज समेत बनेका बादल २०७७ सालदेखि माओवादी छोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077