काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा आज नेपाल र कुवेत भिड्दै छन् ।
वाईएसडी ओभल मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयानुसार बिहान सवा ११ बजे सुरु हुनेछ।
समूह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको नेपालले समूह चरणमा हङकङ र भुटानलाई ८/८ विकेट र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले हराएको थियो ।
कुवेतले भने समूह चरणमा सिंगापुरलाई १० विकेट र म्यान्मारलाई २७ रनले हराएको थियो भने थाइल्यान्डसँग ९६ रनले हारेको थियो।