Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कुवेतविरुद्ध नेपाल : एकै ओभरमा सीताको ह्याट्रिक विकेट

काठमाडौं। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपाली बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन् ।

उनले १३औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार ३ विकेट लिँदै आफ्नो हयाट्रिक पूरा गरेकी हुन्।

उनले १२.२ ओभरमा कुवेतकी ब्याटर प्रियादा मुरालीको विकेट लिइन् । त्यसपछि १२.३ ओभरमा उनले कुवेतकी मारयम ओमरलाई आउट गरिन् । १२.४ ओभरमा उनले कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काइन् ।

कुवेतले २० ‌ओभरको खेल सकिँदा ९ विकेट गुमाएर ७३ रन मात्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077