Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन अघिको गठबन्धन रोकिनुपर्छ, सिंगो प्रणालीलाई विकृत बनायो : गगन थापा

भरतपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अघिको गठबन्धन रोकिनु पर्ने बताएका छन् । भरतपुरमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले दलबिच गठबन्धन संस्कृतिको अभावमा सिङ्गो प्रणालीलाई विकृत बनाउनेतर्फ उद्त भएको बताए ।

गठबन्धन संस्कृतिको अभावले नै अहिले विभिन्न समस्या आइरहेको उनको भनाई छ । तर निर्वाचन पछिको गठबन्धनलाई भने उनले स्वाभाविक रुपमा लिनुपर्ने बताए ।

“निर्वाचन अगाडिको गठबन्धन नेपालमा आफैमा गलत, संविधानको स्प्रिड विपरीत र लोकतन्त्रको स्प्रिड विपरीत छ”, उनले भने, “ सिङ्गो प्रणालीलाई विकृत बनाउने तर्फ उद्त प्रकृतिको निर्वाचन अघिको गठबन्धन रोकिनुपर्छ ।”

गठबन्धन सफल नहुनुमा नियत र कार्यगत शैलीमा नदेखिएको स्पष्टता नै समस्या भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077