Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेल भन्छन् – हामीलाई सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ

    राष्ट्रपति पौडेल भन्छन् – हामीलाई सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 375
    SHARES

    पाँंचथर । राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताएका छन् ।

    पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव–२०८० को उदघाट्न गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



    ”हामी विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्य, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहन्छौं”, उनले भने, ”यस्तो राष्ट्र जो कसैलाई निषेध गरेर हैन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ । सबैलाई एकताबद्ध गरेर बन्छ ।”



    उनले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने पनि उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार