Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेस्तोलसहित दुईजना समातिए

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

बर्दघाट नगरपालिका–१३ का अजय अहिर र कमल चौधरी पक्राउ परेका हुन् ।

अजयले लगाएको पाइन्टमा लुकाएको अवस्थामा कालो रंगको पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालतबाट हात हतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077