Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कतारमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएईको भ्रमण सकेर कतारको राजधानी दोहा पुगेका छन् ।

उनलाई त्यहाँ भारतीय समुदायका मानिसहरूले स्वागत गरेका हुन् ।

प्रधानमन्त्री मोदीले कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीसँग भेट गरिसकेका छन् ।

केही दिनअघि कतारले मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय जलसेनाका पूर्वकर्मचारी रिहा गरेको सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीको कतार भ्रमण भएको बताइएको छ ।

भ्रमणका क्रममा मोदीले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग पनि भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077