Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रसिया पठाइदिन्छु भन्दै रकम ठगी, मिलन तामाङ पक्राउ

    रसिया पठाइदिन्छु भन्दै रकम ठगी, मिलन तामाङ पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 501
    SHARES

    काठमाडौं । रुस पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    उदयपुरको उदयपुरगडी गाउँपालिका–९ ध्वासे फूलबारीका ३० वर्षीय मिलन तामाङ पक्राउ परेका हुन् । उनी हाल काठमाडौंस्थित स्वयम्भुमा बस्दै आएका थिए ।



    उनले गणेश बिसीसहित दुई जनालाई पाँच लाख रुपैयाँ लागतमा वैदेशिक रोजगारीका लागि रुस पठाउने आश्वासन दिएका थिए । ताामाङले उनीहरूलाई रुस पुगेपछि कन्ट्रक्सनमा लेबरको काममा लगाइदिने र मासिक एक लाख रुपैयाँ तलब हुने बताएका थिए ।



    त्यसका लागि उनले पीडितहरूबाट पटकपटक गरी एक लाख ६५ हजार रुपैयाँ लिएका थिए । तर, त्यसपछि उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार