Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ललिता निवास जग्गा घोटाला प्रकरण : रामकुमार सुवेदीसहित १२ जना दोषी ठहर, जग्गा जफत हुने

    ललिता निवास जग्गा घोटाला प्रकरण : रामकुमार सुवेदीसहित १२ जना दोषी ठहर, जग्गा जफत हुने

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 876
    SHARES

    काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा घोटालामा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।

    विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सो फैसला सुनाएको हो । त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।



    १२ जनालाई ७५ लाख रुपैयाँ जरिबाना र दुई वर्ष कैद सजाय तोकिएको छ । विशेष अदालतले २३ दिनलगातार ललिता निवास प्रकरण सम्बन्धमा सुनुवाई गरी आज अन्तिम फैसला सुनाएको हो ।



    यस मुद्दामा १ सय ७५ जना प्रतिवादी थिए । तीमध्ये ११० जनालाई सजाय माग गरिएको छ भने ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको १ सय ३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपेर भ्रष्टाचार गरेको निष्कर्षसहित २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

    ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ पूर्वमन्त्री र ३ पूर्व सचिव सहित १७५ जनालाई प्रतिवादी बनाएको थियो। अख्तियारले नेपाली कांग्रेसका उपसभापति समेत रहेका विजय गच्छदार सहितका व्यक्तिलाई उक्त प्रकरणमा संलग्न भएको भनि मुख्य प्रतिवादी बनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार