Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ललिता निवास प्रकरणमा अदालतको फैसलापछि गृहमन्त्रीले दिए नेपालीलाई बधाई

    ललिता निवास प्रकरणमा अदालतको फैसलापछि गृहमन्त्रीले दिए नेपालीलाई बधाई

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 849
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधानन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणको फैसलापछि नेपाली जनतालाई बधाई दिएका छन् ।

    शुक्रबार सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री श्रेष्ठले ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले ऐतिहासिक फैसला गरेको भन्दै धन्यवाद दिएका हुन् ।



    ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ,’ गृहमन्त्री श्रेष्ठले सामाजिक सन्जालमा लेखेका छन्, ‘जालसाजी, कीर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्‍यो । विशेष अदालत र न्यायाधीशहरुप्रति हार्दिक आभार र धन्यवाद।’



    बिहीबार विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा व्यक्ति र संस्थाका नाममा रहेका जग्गा सरकारको हुने फैसला गरेको थियो । साथै पूर्व सचिव छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला पनि गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार