Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य : राष्ट्रपति पौडेल

    श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 588
    SHARES

    काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताएका छन् ।

    बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



    उनले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।



    निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार