Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

केन्द्रीय समिति बैठकमा प्रदीपले भने - कांग्रेसले जनतामा आशा सिर्जना गर्ने प्रस्ताव ल्याउन सकेन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तीन वटै प्रस्तावले आममानिसलाई आशा सिर्जना गर्न नसक्ने बताएका छन् ।

शुक्रबार केन्द्रीय समिति बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन् । उनले फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकका लागि आएका तीन वटै प्रस्तावले आममानिसलाई आशा दिन नसक्ने जिकिर गरे ।

प्रस्तावहरूमा समस्या बुझेको, समस्या बुझेको प्रतिबद्धता गरिएको तर समाधान के हो खुलाउन नसकेको पौडेलको भनाइ छ ।

यति महत्वसाथ महासमिति बैठकलाई आमनागरिकले हेरिराखेको उल्लेख गरेका पौडेलले महासमितिलाई प्रस्ताव तयार पार्न केन्द्रीय समितिमा पेश गरिएका तीन वटै प्रस्तावले आशा सिर्जना गर्न नसकेको बताउँछन्।

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका छन् । ती प्रस्तावबारे केन्द्रीय सदस्यहरूले सुझाव दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077