Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वदेश फर्किए स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी स्वदेश फर्किएका छन् ।

इन्टरनेशल लिग टी-२० मा सहभागी भएर दीपेन्द्र शुक्रबार राति साढे ८ बजे नेपाल आइपुगेका हुन् ।

उनी सम्मिलित गल्फ जायन्ट्स दोस्रो क्वालिफायरबाट बाहिरिएपछि दीपेन्द्र टोलीमा फर्किएका हुन् । गल्फको तीन खेलमा उपलब्ध भए पनि उनले कुनैमा पनि खेल्ने मौका पाएका थिएनन् ।

आईसीसी विश्वकप लिग–२ मा शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्रले खेल्ने सम्भावना छ । यसअघिको नामिवियाविरुद्धको खेल भने दीपेन्द्रले गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077