Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाललाई पहिलो ओभरमै सफलता, सोमपालले लिए विकेट

काठमाडौँ । आईसीसी विश्वकप लिग– २ को त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्डविरुद्धको दोस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

नेपालका सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमै विकेट लिएका हुन् । उनले नेदरल्याड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गरे । माइकल खाता पनि नखोली आउट भए ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेदरल्यान्डसले ब्याटिङ गरिरहेको छ ।

पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । लिग– २ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077