काठमाडौँ । आईसीसी विश्वकप लिग– २ को त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्डविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।
नेपालका ललितनारायण राजवंशीले नै चौथो विकेट लिएका हुन् । ४४ बलको सामना गर्दै २७ रन बनाएका नेदरल्यान्ड्सका बास डी लेडीलाई राजवंशीले बोल्ड गरे ।
यसअघि उनले तेस्रो विकेटका रुपमा ३४ बलमा २३ रन बनाएर खेलिरहेका नेदरल्यान्ड्सका ब्याटर स्याब्रान्ड इंगेलब्रेचलाई आउट गरेका थिए ।
यसअघि दोस्रो विकेट रन आउटमा गुमेको थियो भने पहिलो विकेट सोमपाल कामीले लिएका थिए ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेदरल्यान्डसले ब्याटिङ गरिरहेको छ ।
पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । लिग– २ मा नेपालसहित ८ देश दरल्यान्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन् ।