Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाललाई आठौँ सफलता, कुशल भुर्तेलले लिए दोस्रो विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग– २ को त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालविरुद्धको खेलमा नेदरल्यान्ड्सको आठौँ विकेट पतन भएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल भुर्तेलले आठौँ विकेट लिएका हुन् । योसँगै उनले व्यक्तिगत दोस्रो विकेट लिए । सातौ विकेटका रुपमा कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सका शारिज अहमदलाई आउट गराए ।

यसअघि कुशल भुर्तेलले छैटौं विकेट लिएका थिए । भुर्तेलको २६.३ ओभरमा भुर्तेलको बलमा नेदरल्यान्ड्सका वेस्ली बरेसीलाई दीपेन्द्र सिंह ऐरीले क्याच आउट गराए ।

त्यस अगाडि पाचाँ विकेटका रुपमा कुशल मल्लले आफ्नै बलमा नट स्ट्राइकर एण्डमा रहेका नोआह क्रशलाई रन आउट गरे । यसअछि चौथो र तेस्रो विकेट ललितनारायण राजवंशीले लिएका थिए ।

यसअघि दोस्रो विकेट रन आउटमा गुमेको थियो भने पहिलो विकेट सोमपाल कामीले लिएका थिए । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेदरल्यान्डसले ब्याटिङ गरिरहेको छ ।

पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । लिग– २ मा नेपालसहित ८ देश नेदरल्यान्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077