काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जीतका लागि १३८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा शनिबार जारी खेलको ३९ ओभरको समाप्तिमा सबै विकेटको गुमाएर नेदरल्याण्ड्सले १३७ रन बनाएको हो ।
नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाए ।त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे ।
नोआ क्रोएसले १२ रन बनाउँदा म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए ।
सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे । पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । लिग– २ मा नेपालसहित ८ देश नेदरल्यान्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन् ।