Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रकृति संरक्षण मानव जातिको साझा चासो र चुनौतीको विषय : राष्ट्रपति पौडेल

    प्रकृति संरक्षण मानव जातिको साझा चासो र चुनौतीको विषय : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 513
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण आज मानव जातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् ।

    वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा शनिबार आयोजित वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।



    “किनभने अहिलेको विश्व जलवायु परिवर्तनलगायतका वातावरणीय चुनौतीहरूको शिखरमा उभिएको छ, त्यसबाट नेपाल पनि अछुतो छैन, उनले भने, वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र गहिरो अभिरुचिसमेत बढिरहेको छ ।”



    प्रकृतिको अनुपम जैविक सृष्टिको रूपमा हामीले प्राणी तथा वनस्पति जगतलाई लिने गर्दछौँ र यसले पृथ्वीलाई जीवन्तता प्रदान गरेको छ भन्दै राष्ट्रपति पौडेलले यसलाई सुन्दर सृष्टिको रसास्वादन गर्ने मानवीय आँखाबाट हेर्नेमात्र होइन यसमा मानवीय विवेक, रचनात्मक गुण र क्षमताको माध्यमबाट सकारात्मक योगदान दिन सक्नुपर्ने बताए ।

    मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता अनि वन्यजन्तु संरक्षण प्रत्यक्ष रूपमा जोडिएको हुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार