Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ४ वर्षीया बालिका बलात्कृत, १४ वर्षीय बालक पक्राउ

    ४ वर्षीया बालिका बलात्कृत, १४ वर्षीय बालक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 699
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । कपिलवस्तुमा चार वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

    जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ की चार वर्षीया बालिका शुक्रबार साँझ ६ बजेतिर बलात्कृत भएकी हुन् ।



    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार छिमेकका १४ वर्षे बालकले उनलाई बलात्कार गरेका थिए ।



    घटनापछि शुक्रबार नै प्रहरीले आरोपी बालकलाई पक्राउ गरेको छ ।

    पीडित बालिकाको बुटवल प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका बालकमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार