Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललिता निवास प्रकरण : राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिएकोमा राप्रपा नेपालको आपत्ति

काठमाडौं । राप्रपा नेपालले काठमाडौंको बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा अदालतको फैसलाप्रति असहमति जनाएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेपालमा भएका अधिकांश भ्रष्टाचारका काण्डहरूमा राजनीतिक नेतृत्वको संलग्नता रहने गरेको ठहर गरेको हो ।

यही फागुन ३ गते विशेष अदालतले सो प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको थियो । राप्रपाले ‘नीतिगत निर्णय गर्ने राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने गरी भएको फैसला’प्रति असहमति प्रकट गरेको हो ।

शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विभिन्न पाँच निर्णय गरिएको छ । “ललितानिवास जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णय गर्ने राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने गरी भएको फैसलाप्रति राप्रपा नेपाल असहमति प्रकट गर्दछ,'' निर्णय नम्बर–५ को अन्तिम वाक्यमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077