Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले

काठमाडौं । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारको कामकारबाही सन्तोषजनक नभएको भन्दै एमालेले समर्थक लिने तयारी गरेको हो।

आइतबार दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बस्दैछ । सोही बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम छ।

त्यसअघि नै एमालेले संसदीय दलको बैठकबाट विश्वासको मत फिर्ता लिने तयारी गरेको छ । मधेश प्रदेश सभामा १०७ सांसद छन्। जसमध्ये एमालेका २४ जना छन् ।

मधेश सरकारमा सहभागी चन्द्रकान्त राउत (सिके) नेतृत्वको जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव आज तेश्रो पटक विश्वासको मत लिने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077