Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसले आफ्नो मौलिकता गुमाउँदा सात प्रतिशतभन्दा बढी मत गुम्यो : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महासमिति बैठकबाट कांग्रेसको मौलिकता जोगाउन सक्नुपर्ने बताएका छन् ।

महासमितिको बैठकको पूर्वसन्ध्यामा आइतबार चियापान कार्यक्रममा कोइरालाले कांग्रेसले आफ्नो मौलिकता गुमाउँदा विगत निर्वाचनमा सात प्रतिशतभन्दा बढी मत गुमेको भन्दै महासमिति बैठकमा गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए ।

कोइरालाले भने–‘कांग्रेसको मौलिकतामा आँच नआउने गरी महासमितिका प्रस्तावहरू परिमार्जन गरिनुपर्छ । गत निर्वाचनमा कांग्रेसको सात प्रतिशतभन्दा बढी मत गुम्यो । यसको कारणबारे महासमितिमा छलफल गर्नुपर्‍यो ।’

यस्तै उनले भ्रष्टाचार न्यूनीकरण नभई सुशासन हुन नसक्ने दाबी गरेका छन् । उनले भने–‘क्याबिनेटको निर्णयलाई नीतिगत निर्णय भनिकन पन्छ्यादिन्छौं धेरै कुराहरु। अख्तियारले पनि त्यसलाई नीतिगत निर्णय भनिकन पन्छ्याइदिएको हुन्छ। तर हामीहरुले सोच्नुपर्ने के छ भने प्राविधिक केछन् कार्यविधिहरु कस्ता छन् ती कुराहरु गम्भीर रुपले हेर्नुपर्नेछ ।’

कानून भन्दामाथि कुनै पनि विशिष्ट व्यक्ति हुन नसक्ने बताउँदै उनले भने–‘यी सबै कुरालाई महासमिति बैठकमा छलफल गरेर निक्र्यौल गर्नेछ भन्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077