काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नामिबिया विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।
कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्।
नेदरल्यान्ड्सले आज नेपालसँगको हारमा खेलेको प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। वेस्ली बरेसी र शरिज अहमदको स्थानमा तेजा निदामनुरु र रुलफ भ्यान डर मर्वा आज टोलीमा अटाएका छन् ।
यस्तै नामिबियाले नेपालसँग जित हात पारेको टोलीमा एक परिवर्तन गरेको छ ।