Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् - जनता जनार्दनले जे भन्दछन् त्यो सुनौं

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पूजा शब्दले मात्रै गरेर नपुग्ने बताएका छन् ।

पूर्वराजा शाहले ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

उनले प्रजातन्त्रको पूजा कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही आचरणले मात्रै हुने बताए ।

उनले भनेका छन्,’प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा– कर्म कर्तव्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो। जनता जनार्दनले जे भन्दछन् – त्यो सुनौं – त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनु पर्दछ।’

प्रजातन्त्रमा सबैले खान लाउन पाउने, स्वस्थ र सन्तुष्ट भएर बाँच्न पाउने अवस्था हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077