Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बूढानीलकण्ठमा पदाधिकारी बैठक चलिरहँदा बालुवाटार पुगे देउवा र खड्का

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार वुगेका छन् ।

पदाधिकारी बैठक चलिरहँदा पार्टी देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक चलिरहँदा सभापति देउवा खड्कालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

स्रोतका अनुसार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग करिब आधा घण्टा छलफल गरेर उनीहरू फर्किएका छन् । तर, बालुवाटार भेटबारे उनीहरूले जानकारी गराएका छैनन् ।

महामन्त्री गगन थापाले महासमितिमा पेस गर्न तयार पारेको प्रस्तावमा सभापति देउवाको असन्तुष्टि छ । उनले आज बिहान मात्रै महामन्त्री थापालाई सच्याउन निर्देशन दिएका थिए ।

महामन्त्री थापाको प्रतिवेदनमा आगामी दिनमा चुनावी गठबन्धन गर्न नहुने विषय उल्लेख छ । तर त्यस विषयबारे अहिले नै निर्णय गर्न नहुनेमा सभापति देउवाको अडान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077