Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नागरिकस्तरमा निराशा बढ्दो, आवश्यकताको सही सम्बोधन हुन सकेन : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा नीति प्रस्ताव पेस भएको छ । सोमबार उद्धघाटन भई आज सुरु भएको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका हुन् ।

उपसभापति खड्काले केन्द्रीय सदस्यहरूका सुझाव समेटेर अन्तिम रूप दिएका नीति प्रस्तावलाई महासमितिमा पेस गरेका हुन् । उक्त प्रस्ताव गत बिहीबार केन्द्रीय समितिमा पनि पेश गरेका थिए ।

उनले नीति प्रस्तावमा नागरिकस्तरमा निराशा बढ्दो रहेको उल्लेख गरेका छन्। आम नागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन नसकेको कांग्रेसको दाबी छ।

‘विविध विषम परिस्थिति तथा चुनौतीहरूका कारण नागरिकस्तरमा निराशा बढ्दो छ। द्वन्द्वग्रस्त अवस्थामा पुगेको मुलुकलाई नेपाली कांग्रेसले सम्हाल्दै सबै शक्तिलाई विश्वासमा लिई निकास दिएर मूलबाटोमा त फर्काएको छ तर पनि अझै शान्ति प्रक्रियाका कतिपय काम बाँकी छन्। जनआन्दोलनपछिको करिब १८ वर्षको अवधिमा देशले विकास, समुन्नति तथा आर्थिक बृद्धिमा धेरै काम गरिसक्नुपर्ने थियो ’नीति प्रतिवेदनमा भनिएको छ।

देशमा द्रुत आर्थिक विकासको अभाव रहेको कांग्रेसको ठहर छ। महासमिति बैठकमा मंगलबार कुल पाँच वटा प्रतिवेदन पेस हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077