Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आमा रमनश्वरीको हत्या आरोपमा छोरा दिपक पक्राउ

    आमा रमनश्वरीको हत्या आरोपमा छोरा दिपक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 495
    SHARES

    सुनसरी । सुनसरीमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

    आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राई पक्राउ परेका हुन् ।



    उनलाई प्रहरीले सोमबार राति पक्राउ गरेको जनाएको छ । दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी थिइन् ।



    सो घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले उनलाई घोपा अस्पताल धरान लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार