Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आगामी चुनावमा आफ्नै तागतमा एक्लै लड्छौँ, रुखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन् ।

मंगलबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उनले सांगठनिक प्रस्‍ताव पेश गरेका हुन् । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताए ।

'पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं,' उनले प्रतिवेदन पेस गर्दै भने, 'हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न 'रुख' मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।

महासमिति बैठकमा योसँगै पाँच वटा प्रस्ताव पेश भएका छन् ।

उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव र प्रवक्ता समेत रहेका प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव पेश गरेका छन् ।

त्यस्तै, लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेश गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077