Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • व्यवसायीलाई धम्क्याएर ५० लाख चन्दा मागेको आरोपमा दुईजना पक्राउ

    व्यवसायीलाई धम्क्याएर ५० लाख चन्दा मागेको आरोपमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । विभिन्न व्यक्तिलाई धम्क्याएर रकम मागेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    कैलालीको टिकापुर घर भएका ३६ वर्षीय हृदयराज बोगटी उर्फ विश्वजित बटला र नुवाकोट घर भएका नरहरि ढुंगाना उर्फ रमेश पक्राउ परेका हुन् ।



    एक व्यवसायीलाई ५० लाख रुपैयाँ चन्दा माग गर्दै धक्की दिएको उजुरीपछि उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मच्छेगाउँबाट पक्राउ गरेको हो ।



    उनीहरूको साथबाट प्रहरीले सुदूरपश्चिम प्रदेश–०१००९ प ६६१० नम्बरको मोटरसाइकल, चार थाना मोबाइल र नेत्रविक्रम चन्द विप्लव सी नेतृत्वको (नेकपा) को सहयोग रसिद समेत बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार