Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यातायात र डीडीसी प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा दुईजना पक्राउ

    यातायात र डीडीसी प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 627
    SHARES

    फाइल तस्विर

    काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र दुग्ध विकास संस्था (डीडीसी) का महाप्रबन्धक सञ्जीव झालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    मोहन वैद्य नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनका केन्द्रीय सदस्य शुकबहादुर परियार र कर्णाली प्रदेश इञ्चार्ज दीपेन्द्र शाही पक्राउ परेका हुन् ।



    संगठनको कास्की जिल्ला संयोजक समेत रहेका शुकबहादुरलाई पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।



    उनी २९ माघमा भएको यातायात विभागका महानिर्देशक रिजाल र ४ फागुनमा डीडीसीका महाप्रबन्धक झालाई दुर्व्यवहार गरिएको दुवै घटनामा संलग्न रहेको प्रहरीको भनाई छ ।

    विकल्प उपनाम भएका शाही भने डीडीसीको घटनामा संलग्न रहेको बताइएको छ । प्रहरी उनीहरुमाथि थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार