Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ : नेपाल र नामिबिया दोस्रो पटक भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गतको तेस्रो खेलमा आज नेपाल र नामिबियाको भिड्दै छन् ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । आज नामिबियासँग बदला लिने नेपालसँग अवसर हुनेछ ।

नामिबिया र नेदरल्यान्ड्सबीच अस्ति सोमवार भएको खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077