Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

पति परस्त्रीसँग लागेको पीरमा आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

झापा । झापामा गत शुक्रबार आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो। फागुन ५ गते आफ्ना श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो।

मायाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालेको प्रहरी निरीक्षक गिरीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077