Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न पहल जारी छ, चाँडै टुंगो लाग्छ : प्रधानमन्त्री

    सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न पहल जारी छ, चाँडै टुंगो लाग्छ : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 438
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी र लघुवित्तका समस्या समाधान गर्न सरकारले पहल गरिरहेको बताएका छन् ।

    लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई सिंहदरबार बोलाएर छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले लघुवित्त र सहकारी क्षेत्रमा देखापरेका समस्या सम्बोधनमा सरकारले आवश्यक पहल गरिरहेको बताए ।



    छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

    उनले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लोसमय यो क्षेत्र संकटग्रस्त हुँदै गएको भएपनि सरकारले समस्या समाधानका लागि काम गरिरहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार