Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गणेश लामामाथि अपहरण गरी २० करोड फिरौती मागेको आरोप, प्रहरीमा जाहेरी

काठमाडौं । गुण्डा नाइकेको छवि बनाएका कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै उनीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंमा किटानी जाहेरी परेको हो ।

तर सो जाहेरी प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको बताइएको छ । लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

अपहरण गरेर लन्डन हाउस होटलमा लगेर बन्धक बनाएको जाहेरीमा भनिएको छ । युवा व्यवसायी खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरी करौडौंको फिरौती रकम कागज गराएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका थिए ।

आफूलाई गत पुस २३ गते ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउसमा लगेर ८ घन्टाभन्दा बढी बन्धक बनाएको खड्काले जनाएका छन्।

विवादास्पद पृष्ठभूमिका लामा र कक्षपतिले कोठामा थुनेर आफूलाई बन्धक बनाई धम्की र त्रासबीच करकापमा फिरौतीस्वरुप करोडौंको लेनदेनको कागज गर्न बाध्य बनाएको खड्काको आरोप छ। खड्काले आफूलाई २० करोड रकम फिरौतीको कागज गराएको उल्लेख गरेका छन्।

उक्त घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राखेर मात्र आफूले प्रेस विज्ञप्तिमार्फत घटना सार्वजनिक गर्न सकेको पनि उनले लेखेका छन् ।

गणेश लामा सत्तारुढ नेपाली कांग्रेसमा केन्द्रीय सदस्य समेत हुन् । उनी गुण्डा नाइकेका रुपमा चिनिएका व्यक्तिसमेत हुन् । लामा गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077