Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एन्फा उपाध्यक्ष लामा जेल जाने निश्चित, पुनरावेदनमा नगएको पुष्टि

    एन्फा उपाध्यक्ष लामा जेल जाने निश्चित, पुनरावेदनमा नगएको पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 2K
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा लागुऔषध कारोबारको मुद्दामा दोषी भएर पुनरावेदनमा समेत नगएको पाइएको छ ।

    जिल्ला अदालत काठमाडौंले उच्च अदालतले गरेको फैसलाविरुद्ध लामाले पुनरावेदन गरे नगरेको जानकारी माग्दै सर्वोच्च अदालतलाई पत्र पठाएको थियो । माघ १२ गते पत्रमार्फत जवाफ दिएको सर्वोच्चले लामा पुनरावेदनमा नगएको पाइएको हो ।



    लागुऔषध कारोबारमा सजाय पाएर पनि एन्फाको राजनीतिमा सक्रिय लामाले पुनरावेदन नगरको पुष्टिसँगै उनलाई जेल सजाय हुने निश्चित भएको छ ।



    पत्रमा उच्च अदालत पाटनको फैसला अन्तिम भई बसेको र लामाले सर्वोच्चमा पुनरावेदनको निवेदन नदिएको उल्लेख छ ।
    पुनरावेदन नगरेको पुष्टिसँगै अब लामालाई जेल सजाय हुने निश्चित भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार