Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • लागूऔषधको मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

    लागूऔषधको मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 306
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

    लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।



    दावा लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । लामा लागूऔषध कारोबारमा सजाय पाएर पनि एन्फाको राजनीतिमा सक्रिय रहेका थिए ।



    अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।

    उपाध्यक्ष लामा खैरो हिरोइन बिक्रीमा संलग्न भएको र लामालाई तत्कालिन पुनरावेदन अदालत पाटनले २०६४ मा ५ वर्ष कैद सजाय सुनाएको थियो। तर उनले कैद भुक्तान गरेका थिएनन्।

    अदालतबाट दोषी हुँदा सर्वोच्च नगएका उनी एन्फामा प्रवेश गर्दै उपाध्यक्ष पदसम्म पुगेका थिए। उनी अदालतबाट दोषी ठहर भएको कुरा १५ वर्षपछि गत पुस पहिलो साता सार्वजनिक भएको थियो।

    डेढ वर्षअघि भएको एन्फा केन्द्रीय कार्यसमिति निर्वाचनको बेलामा पनि लामाको विषयमा निर्वाचन समितिमा उजुरी परेको थियो। त्यतिबेला लामाले आफूले जेल बसिसकेको भन्दै कुरा मोडेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार