Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पोर्चुगल पठाइदिने भन्दै १७ लाख ठगी, भण्डारी पक्राउ

    पोर्चुगल पठाइदिने भन्दै १७ लाख ठगी, भण्डारी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 942
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

    सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ घर भइ हाल काठमाडौंको मित्रनगर बस्ने २३ वर्षीय टिकाबहादुर भण्डारी पक्राउ परेका हुन् ।



    उनी टोपेन्द्र घर्तीसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने, त्यसका लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्ने र त्यहाँ प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिने आश्वासन दिएर १७ लाख ६० हजार रुपैयाँ लिइ फरार भएका थिए ।



    आफू ठगिएको थाहा पाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।

    सोही उजुरीका आधारमा खोजतलासका क्रममा भण्डारीलाई काठमाडौंको मित्रपार्कबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    उनलाई थप कारवाही र अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार