Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट झण्डै एक किलो सुन समातियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो अवैध सुनसहित एकजना पक्राउ परेका छन् ।

कतारको दोहाबाट भारतको मुम्बई हुँदै अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका भारतीय नागरिक मोहम्मद जीशान सुनसहित पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार ती व्यक्तिले आफूले लगाएका पाइन्ट, गन्जी, कट्टुलगायत लुगाभित्र सुनको लेपन लगाएका थिए ।

उनी भन्सार जाँच पार गरिसकेको अवस्थामा पक्राउ परेका हुन् । उनीमाथि शंका लागेर जाँच गरिएको र साथमा सुन पाइएपछि पक्राउ गरिएको बताइउको छ ।

यसअघि गत सोमबार पनि झण्डै एक किलो सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077