Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नाबालिका करणी गरेको आरोपमा दुईजना पक्राउ

    नाबालिका करणी गरेको आरोपमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 522
    SHARES

    गोरखा । गोरखामा बालिका करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका – २ बस्ने वर्ष ३७ का आशिष् चेपाङ र ईश्वर चेपाङ रहेका छन् ।

    गत फागुन ८ गते नाम परिवर्तित घ कुमारीलाई बेलुका साँढे ८ बजेको समयमा नबालिकालाई ललाई फकाई गरी आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।



    आशिष् चेपाङ र करणी गर्न सहयोग पुर्याउने ईश्वर चेपाङलाई पीडित नाबालिकाका बाबुले जाहेरी दिए पछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



    पक्राउ परे लगत्तै बिहीबार दुवै जना विरुद्ध जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार